Logo

मंगलवार, मंसिर १३ गते २०७९

पर्वत र बाग्लुङका ४ पानी उत्पादक कम्पनीमाथि कारबाही

पर्वत र बाग्लुङका ४ पानी उत्पादक कम्पनीमाथि कारबाही

नेपालपाना माघ १९ २०७५
  • 25.2K
    SHARES
  • पर्वत र बाग्लुङका ४ पानी उत्पादक कम्पनीमाथि कारबाही

    पर्वत । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले कम्पनीलाई कारवाही गर्ने भएको हो ।

    कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ फुड एण्ड वेभरेज प्रालि, कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज, बागलुङका महालक्ष्मी मिनरल वाटर एण्ड वेभरेज र कार्की मिनरल वाटर रहेका छन् ।

    कार्यालयका निमित्त प्रमुख केदार पौडेलका अनुसार कार्यालयले अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो । निर्देशिकाअनुसार बोतलको सफाइ, फिलिङ र क्यापिङको काम स्वचालित उपकरणबाट गर्नु पर्नेमा नगरिएकाले उनीहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए । 

    उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङमा जस्तै पर्वतमा पनि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

    माघ १९, २०७५ शनिवार १०:४७:१३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend