काठमाडौं । शिवम् सिमेन्टले आजदेखि ४४ लाख कित्ता साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ता र कम्पनीका कर्मचारीलाई २ लाख २० हजार कित्ता शेयर बेच्न लागेको हो ।
फागुन ९ गतेसम्म शिवमको आईपीओमा आवेदन दिन सकिनेछ । प्रतिकित्ता ३०० रूपैयाँका दरले न्यूनतम ५० कित्ता शेयर भर्न सर्वसाधारणको बैंक खातामा कम्तिमा १५ हजार रूपैयाँ रकम हुनुपर्छ ।
शेयर भर्ने म्याद फागुन ९ गतेसम्मका लागि तोकिएको छ । तोकिएको समयमा सबै कित्ता शेयर नबिकेमा चैत ५ गतेसम्म आवेदन दिन सकिने सो कम्पनीले जानकारी दिएको छ ।
शिवमले प्रिमियम भाउमा आईपीओ जारी गरेको हो । स्थानीयबासीले भने २०० रूपैयाँमै शेयर भर्न पाउनेछन् । सी-आश्वा लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट शिवमको शेयर भर्न सकिनेछ ।