नयाँ दिल्ली । आफुसँग छुट्टिएको व्यवसायिक साझेदारलाई समयमै बक्याैता रकम नदिएपछि भारतीय अर्बपति अनिल अम्बानी जेल चलान हुँदैछन् ।
व्यापारिक सम्झौता भंग भएपछि गत बर्षको डिसेम्बर १५ तारिखमै रिलायन्स कम्युनिकेसन्सका मालिक अम्बानीले दूरसञ्चार कम्पनी एरिक्सनलाई ५ सय ५० करोड भारतीय रूपैयाँ भुक्तानी दिइसक्नुपर्ने थियो । भारतको सर्वोच्च अदालतले मिति नै तोकेर रकम भुक्तान गर्न निर्देशन दिएपनि अटेर गरेपछि अम्बानी जेल जाने भएका हुन् ।
तत्काल रकम नतिरे अम्बानीलाई ३ महिनासम्म जेलमा थुनिदिने अदालतले चेतावनी दिएको छ । अदालती आदेशको अवहेलना गरेकोमा अम्बानी दोषी समेत ठहरिएका छन् । अब अम्बानीले ४ हप्ताभित्र बक्याैता रकम भुक्तान नगरे जेल सजाय भोग्नुपर्नेछ ।