Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

कार्पेट कारखानामा शक्तिशाली विस्फोट, १० जनाको मृत्यु!

कार्पेट कारखानामा शक्तिशाली विस्फोट, १० जनाको मृत्यु!

नेपालपाना फाल्गुण ११ २०७५
  • 44.4K
    SHARES
  • कार्पेट कारखानामा शक्तिशाली विस्फोट, १० जनाको मृत्यु!

    एएनआई । भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । 

    बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानूनी रूपमा पटका विक्री गरिँदै आएको प्राप्त प्रारम्भिक जानकारीमा उल्लेख छ । भवनमा शक्तिशाली विस्फोट भएको र भवनको भग्नाबशेषमा केही अन्य व्यक्तिहरू फसेको हुनसक्ने प्रहरी महानिरिक्षक पियुस श्रीवास्तवले बताए । 

    उनले भने, “घटना लगत्तै स्थानीयको सहयोगमा प्रहरीद्वारा तथा अन्य सरकारी तथा गैरसरकारी उद्धार समूहहरूले उद्धार कार्य थालेका छन् । घटनास्थलमा बम डिस्पोजल टोली पनि पुगिसकेको छ ।” 

    प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान शुरू गरिसकेको छ । थप जानकारी अनुसन्धानपछि मात्र दिन सकिने उनले बताए । 

    फाल्गुण ११, २०७५ शनिवार २०:५७:१८ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend