Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

सिरहाका कृषकका लागि २२ करोडमा शीतभण्डार बनाइँदै

सिरहाका कृषकका लागि २२ करोडमा शीतभण्डार बनाइँदै

नेपालपाना फाल्गुण १२ २०७५
  • 33.4K
    SHARES
  • सिरहाका कृषकका लागि २२ करोडमा शीतभण्डार बनाइँदै

    लहान । २ नम्बर प्रदेशका ८ जिल्लामा शित भण्डार निर्माण गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रमअन्तर्गत सिरहाको लाहान नगरपालिका ११, पडरियामा १ हजार ५ सय टन क्षमताको शित भण्डार निर्माणको कार्य शुरू भएको छ । 

    साढे २२ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको शित भण्डारको शिलान्यास भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरे । प्रदेश सरकारको अनुदान सहयोग तथा सप्तरीको शुभनारायण कृषि व्यवसायिक फार्म, विष्णुपुर-१ को साझेदारीमा शीत भण्डार निर्माण गरिन लागेको हो ।

    तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शीत भण्डारका लागि १ विघा जमिन भाडामा लिइएको फार्मका अध्यक्ष सुरेन्द्र यादवले बताए। यसअघि गत फागुन २ गते सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवामा पनि शीत भण्डार शिलान्यास गरिएको थियो।

    फाल्गुण १२, २०७५ आइतवार ०७:५१:१७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend