Logo

बुधवार, मंसिर १५ गते २०७८

images

नेपालमा किन कण्डमको प्रयोग न्यून हुन्छ?

नेपालमा किन कण्डमको प्रयोग न्यून हुन्छ?

नेपालपाना फाल्गुण २१ २०७५
  • 18.1K
    SHARES
  • नेपालमा किन कण्डमको प्रयोग न्यून हुन्छ?

    काठमाडाैँ । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ। एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ। 

    राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्वभरि नै यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो। 

    केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन्। तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ। नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन्। 

    केन्द्रका निर्देशक डा तारानाथ पाखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ ।  

    फाल्गुण २१, २०७५ मंगलवार ०५:२३:३० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana