Logo

बुधवार, मंसिर १५ गते २०७८

images

कण्डम प्रयोग गर्दा अधिकांसले गर्छन यी ९ गल्ती, यसबाट बच्न अपनाउँनुहाेस् यस्ताे उपाय

कण्डम प्रयोग गर्दा अधिकांसले गर्छन यी ९ गल्ती, यसबाट बच्न अपनाउँनुहाेस् यस्ताे उपाय

नेपालपाना फाल्गुण २१ २०७५
  • 39.0K
    SHARES
  • कण्डम प्रयोग गर्दा अधिकांसले गर्छन यी ९ गल्ती, यसबाट बच्न अपनाउँनुहाेस् यस्ताे उपाय

    मानिसहरु यौन सम्पर्कका बेला कण्डम प्रयोग गर्छन् । तर अधिकांश यसको सही प्रयोग जान्दैनन् । कण्डम प्रयोग गर्ने बेला धेरै खालका सावधानी पनि अपनाउनुपर्छ ।

    १। खोल्ने तरिकास् कण्डमको सही प्रयोगका लागि यसलाई सावधानीपूर्वक बाहिर निकाल्न प्याकेट पनि सही तरिकाले खोल्नुपर्छ । कण्डमको प्याकेटको मध्यभागबाट खोल्नु हुँदैन । साइडबाट मात्र खोल्नुपर्छ । खोल्दा दाँतको प्रयोग कहिल्यै गर्नुहुँदैंन । दाँतको प्रयोग गर्नाले कण्डमका प्वाल पर्न सक्छ ।
    २। लुब्रिकेन्ट्सको प्रयोग स् कण्डमको प्रयोगको समय हातमा वाटर बेस्ड लुब्रिकेन्ट्सको प्रयोग गर्न सकिन्छ ।
    ३। खराब कण्डमको प्रयोगस् कण्डम प्रयोग गर्नुअघि सबैभन्दा पहिले एक्सपायरी डेट हेर्नुपर्छ । मिति समाप्त भएको कण्डम फुट्ने, च्यातिने डर हुन्छ ।
    ४। हावा रहनु स् कण्डममा हावा बाँकी रहँदा फुट्ने र लेटेक्समा बढी दबाब रहने सम्भावना हुन्छ । यसले कण्डम लगाउनुअघि हतार नगरी टुप्पो समाएर हावा रहन दिनुहुन्न ।

    कण्डम लगाउनुअघि लिंग पूर्ण रुपमा उत्तेजित हुनुपर्छ र वीर्य स्खलन भएपछि लिंगको तनाव समाप्त हुनुअघि नै कण्डम निकाल्नुपर्छ । यसैले यसको प्रयोगका लागि उत्तेजनापछि र स्खलनलगत्तै गर्नुपर्छ ।

    ५। सफाइमा ध्यान दिनुपर्छ स् कण्डम प्रयोग गर्नुअघि सरसफाईमा ध्यान दिनुपर्छ । यसलाई लगाउनुअघि हातलाई क्लिन्जरले राम्ररी धुनुपर्छ ।
    ६। सही उपयोग स् कण्डम लगाउनुअघि लिंग पूर्ण रुपमा उत्तेजित हुनुपर्छ र वीर्य स्खलन भएपछि लिंगको तनाव समाप्त हुनुअघि नै कण्डम निकाल्नुपर्छ । यसैले यसको प्रयोगका लागि उत्तेजनापछि र स्खलनलगत्तै गर्नुपर्छ ।
    ७। दोहोर्याएर प्रयोग गर्नुहुन्न स् एकपटक प्रयोग गरेपछि कण्डम अर्कोपटक प्रयोग गर्नुहुन्न । यसलाई प्रयोगपछि गाड्नु या डस्टबिनमा फाल्नुपर्छ । त्यसपछि राम्ररी हात धुनुपर्छ ।
    ८। एकसाथ प्रयोग गर्नुहुन्न स् कण्डमको प्रयोग अघि ध्यान दिनुपर्ने कुरा के हो भने महिला, पुरुषमध्ये एकले मात्र प्रयोग गर्नुपर्छ । दुवैले एकसाथ प्रयोग गर्नुहुन्न ।
    ९। भ्रम र सत्य स्अधिकांश पुरुषहरु कण्डम प्रयोग गर्नाले सेक्सको आनन्द उठाउन सकिदैन कि भन्ने भ्रममा हुन्छन् । तर यो भ्रमलाई मनबाटै हटाउनुपर्छ । बरु यसको प्रयोगबाट कयौं प्रकारका बिरामी, संक्रमण र असुरक्षित यौनसम्बन्धबाट बँच्न सकिन्छ । एजेन्सी

    फाल्गुण २१, २०७५ मंगलवार ०५:४०:२२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana