Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

२७ हजार अस्थायी शिक्षकका लागि १० अर्ब माग

२७ हजार अस्थायी शिक्षकका लागि १० अर्ब माग

नेपालपाना फाल्गुण २१ २०७५
  • 22.9K
    SHARES
  • २७ हजार अस्थायी शिक्षकका लागि १० अर्ब माग

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुत्तीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो । 

    शिक्षा तथा मानव स्रोत केन्द्रले अवकास पाउने शिक्षकको संख्यासहित बजेट माग गरेको थियो । तथ्याङकअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकास पाउने भएका छन् । प्राथमिक तहका २० हजार ४ सय ७५ शिक्षकले अवकास पाउने भएका हुन् ।

    केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्याङक संकलन गरेको छ । प्राथमिक तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या ८ हजार ६ सय ४० रहेका छन् । आयोगको परीक्षामा असफल हुनेको संख्या ११  हजार ८ सय ३५ छ ।

    मावि तहमा सुविधाको लागि निवेदन दिने शिक्षकको संख्या १ हजार २ सय ५९ र परीक्षामा असफल हुने अस्थायी शिक्षकको संख्या १ हजार ९ सय ६० गरी ३ हजार २ सय १९ मावि शिक्षकले सुविधासहित बिदा पाउने भएका छन् । नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ । 

    फाल्गुण २१, २०७५ मंगलवार ०८:२२:३० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend