Logo

बुधवार, मंसिर १५ गते २०७८

images

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

नेपालपाना फाल्गुण २२ २०७५
  • 24.8K
    SHARES
  • प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल पुगेका हुन् । 

    पछिल्लो समय दौडधुप बढि हुँदा थकान महसुस हुने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

    खास समस्या केही नरहे पनि नियमित उपचारका लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले देश सञ्चारलाई जानकारी दिएका छन् ।

    फाल्गुण २२, २०७५ बुधवार १३:३२:०५ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana