काठमाडाैं । गर्मीयाम शुरू भएसँगै कुखुराबाट चाँडै फैलने बर्डफ्लु काठमाडाैंमा देखा परेको छ । तारकेश्वर र टोखा नगरपालिकाका केही फर्ममा देखिएको बर्डफ्लु नियन्त्रण गर्न अहिले पशुसेवा विभागले प्रयास गरिरहेको छ ।
बर्डफ्लु संक्रमित कुखुरा नष्ट गर्ने र वरिवरि पनि संक्रमणको जोखिम फैलन नदिने अनुगमनको काम भइरहेको विभागले जानकारी दिएको छ । बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइरहेको छ।
तारकेश्वर र टोखामा बर्डफ्लु देखिएका कुखुरा फर्मका २८ हजार भन्दा धेरै कुखुरा मारिएको छ । बर्डफ्लु देखिएका स्थानमा ४० दिनसम्म कुखुरा पाल्न रोक लगाइएको त्यसपछि पनि विज्ञ टोलीले अनुगमन गरेपछि मात्र पंक्षी पाल्न स्वीकृति दिने विभागले जनाएको छ ।