हावाहुरी अपडेट : २७ को मृत्यु, ६ सय ६८ जना घाइते, ज्यान गुमाउनेमा चार भारतीय


नेपालपाना प्रकाशित: २०७५-१२-१९ गते
हावाहुरी अपडेट : २७ को मृत्यु, ६ सय ६८ जना घाइते, ज्यान गुमाउनेमा चार भारतीय

काठमाडाैं । बारा र पर्सामा आइतबार गएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, १० महिला र ५ जना बालबालिका छन् । मृतक २७ मध्ये २५ जनाको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।

ज्यान गुमाउनेमा फेटा गाउँपालिकाका १३ जना छन् । फेटा–१ का हरिनारायण दास, मनोरमा देवी, रुनी देवी, नन्द पटेल, फेटा–६ का रुबी खातुन, बिबीमा खातुन, मुस्तकिमा खातुन, मीना खातुन, अलिसा खातुन, सकिया खातुन, सम्सिधा खातुन, सबनम खातुन र नोक्सारा मियाँ छन् ।

त्यस्तै भवानीपुर–१ का राम माझी र सुरज माझी, पर्सौनी–४ का अक्षयलाल माझी र कलैया–१८ की गढीमा देवीले ज्यान गुमाएका छन् । सुवर्ण–८ की तरिफा खान, महागढीमाई–७ की कोइरी देवी, सुवर्ण–४ का श्रीप्रसाद यादवको पनि मृत्यु भएको छ । पर्सा जिल्लाका एकजनाले ज्यान गुमाएका छन् । वीरगन्ज–१८ का सरोज रामको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा चारजना भारतीय नागरिक छन् । जसमा राजेश मुखिया, अवधेश पासवान, हितलाल सहनी र राधे लोडी छन् । उनीहरू इँटाभट्टाका कामदार हुन् । दुईजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । हावाहुरीले ६ सय ६८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । जसमध्ये २ सय ८४ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ । 


१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..

प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...
प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...

चितवन । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर प्रहीले विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेको छ । चितवन मेडिकल कलेजका विद्यार्..