हावाहुरी : ओली भन्दा एक स्टेप अगाडी प्रचण्ड, बारा पुगेर गरे यस्तो घोषणा!


नेपालपाना प्रकाशित: २०७५-१२-१९ गते
हावाहुरी : ओली भन्दा एक स्टेप अगाडी प्रचण्ड, बारा पुगेर गरे यस्तो घोषणा!

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसअघि नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरुको एक दिनको तलब पीडितलाई दिने घोषणा गरेका थिए।

यसरी तुलनात्मक रुपमा सहयोग दृष्टिकोणले हेर्दा ओली भन्दा प्रचण्डले घोषणा गरेको सहयोग मृतक परिवारलाई केही हदसम्म उपयुक्त देखिएको छ।मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५÷५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए । त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट संबोधन गरे ।


एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने ज्ञवालीको प्रतिबद्धता
एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने ज्ञवालीको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  संघीय संसदको राज्य व्यवस्था तथा सुश..

१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..