वाइडबडी प्रकरणमा अख्तियार प्रमुखले गरे यस्तो खुलासा, सम्पतिको छानविनमा नेतादेखि उच्च पदस्थ कर्मचारी 


नेपालपाना प्रकाशित: २०७५-१२-१९ गते
वाइडबडी प्रकरणमा अख्तियार प्रमुखले गरे यस्तो खुलासा, सम्पतिको छानविनमा नेतादेखि उच्च पदस्थ कर्मचारी 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको अनियमितताको छानविन सबै एन्गलबाट गहन रूपमा भइरहेको जनाएको छ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले हालसम्म वाइडबडी प्रकरणमा संलग्न रहेको अशंकामा २१ जनासंग बयान लिइसकिएको बताए । 

साथै उनले अख्तियारले एक सय जनाको सम्पत्ति छानबिनको काम अन्तिम चरणमा पुर्‍याएको पनि बताए । उनले हाल छानबिनमा रहेकामा राजनीतिक नेतादेखि उच्च पदस्थ कर्मचारी र पूर्व पदाधिकारीसमेत रहेको बताए।

समितिमा सांसदहरुले अख्तियारले ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न डराएको हो वा कानुन अभाव भएको हो भनि प्रश्न सोधेका थिए ।जवाफमा उनले भने , ‘आयोगलाई कुनै प्रकारको राजनीतिक प्रेसर छैन, आयोग संवैधानिक आयोग हो त्यही अनुसार काम गरिरहेको छ ।’उनले वाइडवडी प्रकरणमा संलग्‍न अन्‍य विदेशी कम्पनीहरुलाई १५ दिनभित्र उपस्थित हुन पत्राचार गरिसकेको समेत जानकारी दिए।


प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा
प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा आज क्रमशः प्रदेश २ र सुदुरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिएको छ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभ..

‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’
‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’

 काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्।  बैठकमा अर्थमन्त्र..

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जय..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..