नेकपाका गाउँपालिका प्रमुख चन्दले बैतडीमा गाउँले कुटे


नेपालपाना प्रकाशित: २०७५-१२-२० गते
नेकपाका गाउँपालिका प्रमुख चन्दले बैतडीमा गाउँले कुटे

खलंगा । पञ्चेश्वर गाउँपालिकाका प्रमख गोरखबहादुर चन्दले गाउँलेमाथि हातपात गरेका छन । 

गाउँपालिका कार्यालयबाट वडा नं. ४–रोडिदेबल जाने बाटो बनाउनेबारे विवाद हुँदा चन्दले आफु सत्ताको मानिस भएको र दुईतिहाई सरकार समेत आफ्नै हातमा रहेको भन्दै गाउँलेमिाथ निर्घात कुटपीट गरेको स्थानीयले बताएका छन । 

चन्दले एकतर्फी निर्णय गरि जंगल हुँदै सडक लैजान खोजेपछि गाउँलेले सुविधा हुने गरि गाउँको बीचबाट लैजानुपर्ने माग राखेका थिए । गाउँलेले आफ्नो योजनाभन्दा फरक माग राखेपछि गाउँपालिका प्रमुख चन्दले स्थानीय बल बहादुर भण्डारी र हिक्मत भण्डारी माथि निर्घात कुटपिट गरेका हुन् । कुटेपछि उल्टै प्रहरी बोलाएर हातपात गरेको उल्टो आरोप लगाई पीडितलाई नियन्त्रणमा लिईएको स्थानीय बिरेन्द्र भण्डारीले जानकारी दिए । 

गाउँपालिकाको अध्यक्षमा चुनिएका चन्द यसअघि कुलाय माध्यामिक विद्यालयका प्रधानाध्यापक रहिसकेका व्यक्ति हुन । विद्यालयमा शिक्षण गर्दा पनि चन्दमाथि व्यापक भष्टाचार गरेको आरोप लागेको थियो । गाउँपालिका प्रमुखमा निर्वाचित भएपछि चन्दले जथाभावी मनोमानी गरिरहेको गाउँपालिकाबासी बताउँछन् । 


प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा
प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा आज क्रमशः प्रदेश २ र सुदुरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिएको छ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभ..

‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’
‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’

 काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्।  बैठकमा अर्थमन्त्र..

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जय..

काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो
काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो

काठमाडौं । काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेशले धारणा सार्वजनिक गरेको छ । उसले २१ अगष्टमा विज्ञप्तिमार्फत् भारत सरकारको संविधानको धारा ३७० खारेज गर्ने निर्णय..