'ओबीओआर'मा जोडिएको बंगलादेश संकटमा, बन्दरगाह नै चीनले कब्जा गर्दै !


नेपालपाना प्रकाशित: २०७५-१२-२३ गते
'ओबीओआर'मा जोडिएको बंगलादेश संकटमा, बन्दरगाह नै चीनले कब्जा गर्दै !

ढाका (बंगलादेश) । चीनले अघि बढाएको वन बेल्ट, वन रोडमा आबद्ध भएको बंगलादेशले दुई बर्ष नपुग्दै ठूलो मूल्य चुकाउन लागेको छ । विकासका लागि भन्दै चीनले दिएको ऋण सहायता स्वीकार गरेपछि यो दक्षिण एसियाली मुलुक त्यसलाई चुकाउन अहिले मुख्य बन्दरगाह नै चीनलाई बुझाउनुपर्ने अवस्थामा  पुगेको छ । 

अहिले चीनले ओबीओरका नाममा क्षेत्रिय सुरक्षा र स्थायित्व एवं सदस्यराष्ट हरुलाई आर्थिक उपनिवेश बनाउने लक्ष्यका साथ ऋणपासो (डेब्टटयाप) बिछ्याइरहेको छ । यसअघि श्रीलंकालाई यस्तो आर्थिक उपनिवेश लादिसकेको चीन अहिले दक्षिण एसियाको अर्को मुलुक बंगलादेशलाई अत्याउँदैछ । 

२१ औं शताब्दीको सिल्करोड भनिएको यो ओवीओरमा नेपालसहित अधिकांश दक्षिण एसियाली मुलुक आबद्ध छन्, तर भारतले यसको विरोध गरिरहेको छ । बंगलादेशमा चाहिँ चीनले पायरा डीप सी पोर्ट निर्माण शुरु गरेको थियो ।

यसको निर्माणकार्यमा पनि चाइना हार्बर इन्जिनियरिङ कम्पनी (सिएचइसी) र चिनियाँ स्टेट कन्स्टक्सन इन्जिनियरिङ (सिएससिइसी) परिचालन गरिएको छ । करिब ६ मिलियन डलर लागत रहेको भनिएको यो बन्दरगाहको सञ्चालन अब चीनले नै गर्नेछ । यसको अर्थ सार्वभौम बंगलादेशको भूमीमा चिनियाँ नियन्त्रण कायम हुँदैछ र बन्दरगाह समेत चिनियाँहरुकै कब्जामा रहनेछ । 


चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानको ग्वादर बन्दरगाह ।

यसअघि श्रीलंकामा करोडौं डलर ऋण खन्याएको चीनले हम्बनटोटा बन्दरगाह लगभग कब्जा नै गरेको छ र समयमै ऋण चुक्ता नगर्दा ९९ बर्षका लागि चीनलाई चलाउन दिन श्रीलंका सरकार बाध्य भएको छ । विदेशी भूमीमा ऋण प्रवाह गरि पूर्वाधार बनाउने कामलाई चीनले पहिलो प्राथमिकतामा राख्ने गरेको छ । यसलाई उनीहरुले चीनको समृद्धि र विकास विश्वभर बाँडिरहेको बताउने गरेका छन्, तर लुकेको स्वार्थ अर्कै छ ।

जापानी उपनिवेशवादीलाई खुबै गाली गर्ने चिनियाँहरु अहिले आफैं उपनिवेशवादी बनिरहेका छन् र आर्थिक जालोमा कमजोर मुलुकलाई लपेट्दैछन् । पूर्वाधारको काम सम्पन्न भईनसक्दै चीनले सम्बन्धित राष्टलाई ऋण चुक्ता गर्न दबाब दिने गर्छ । आर्थिक हिसाबले कमजोर मुलुकहरु चीनियाँको यो दबाबअनुसार काम गर्न सक्दैनन र फलत : आफ्नो सार्वभौमसत्ता नै चीनलाई बुझाउन बाध्य हुन्छन् । 


श्रीलंकाको हम्बनटोटा पोर्टको सांकेतिक तस्बीर, जो चीनले ९९ बर्षका लागि लिजमा लिएको छ ।

यतिखेर ढाकाका अधिकारीहरुलाई यसकारण पनि ज्वरो आएको छ कि एउटा मामुली बन्दरगाहमा चिनियाँलाई प्रवेश गराउँदा निकै नोक्सानी व्यहोरिँदैछ । चीनले श्रीलंकामा लिएको रणनीतिले नै खाडी राष्ट बंगलादेश आर्थिक कुटनीतिको विफलतामा चुर्लुम्मै डुब्ने पक्कापक्की देखिएको छ ।

श्रीलंकाको हम्बनटोटा र पाकिस्तानको ग्वादर बन्दगाहकै शैलीमा अब बंगलादेशको पायरा बन्दरगाह चिनियाँ कब्जामा पुग्दैछ, जसले चिनियाँ लड्डु ओबीओरमा हतारिएर सम्झौता गरेको बंगलादेशलाई नमीठो झट्का दिँदैछ । 

पोर्टपार्क सिटी भन्दै चिनियाँ ऋण र निर्माण कम्पनी परिचालन गरि बनाईएको पाकिस्तानको ग्वादर बन्दरगाह चिनियाँ भूराजनीतिक स्वार्थको परियोजना थियो भन्नेबारे पाकिस्तानले निकै पछि मात्र थाहा पायो, जब ऋण तिर्ने नसक्ने अवस्था आएपछि सिंगो बन्दरगाह नै चीनलाई छाडिदिनुपर्ने अवस्था देखियो । चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) भनिएको सो परियोजनाबाट पाकिस्तानमा सडक त आयो, तर सार्वभौमसत्ता सोही सडकमार्फत चीन पठाउन पाकिस्तान बाध्य भयो । 

विशेषगरि चीनले भूराजनीतिक महत्व रहेका विश्वभरका बन्दरगाहहरु आफ्नो नियन्त्रणमा लिन अभियान नै चलाएको छ । दक्षिण एसियामा भारत घेर्ने रणनीतिअन्तर्गत उसले यो क्षेत्रमा चालिरहेको कदम नै यसलाई बुझ्न पर्याप्त छ । 


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..