चैतेदशैं शुरू : शक्तिपीठमा भक्तजनको घुइँचो


नेपालपाना प्रकाशित: २०७५-१२-२३ गते
चैतेदशैं शुरू : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाण्डौ । चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ ।

आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भिड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।

चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ ।

वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ । 

आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उहाँले बताउनुभयो । चैत्र नवरात्र सुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भिड लागेको छ । 

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ । 







सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस
सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस

काठमाडौं । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ । सरकारले सभाबाट विधयेक फिर्ता लिने एकद..

"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ
"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् ।  लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भ..

राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 
राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालि..

नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि
नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि

काठमाडौं । तारान्तार नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण, द्वन्द एवं जातीय विभाजनमा मुख्य भूमीका खेलका पश्चिमा देशहरुले अर्को नाटक मञ्चन गरेका छन् ।  नेपालमा आफुहरुल..