त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक सुधा त्रिपाठीको यस्तो हर्कत, गुणस्तर सुधार्ने बजेटबाट श्रीमानसँग घुमफिर


नेपालपाना प्रकाशित: २०७५-१२-२४ गते
त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक सुधा त्रिपाठीको यस्तो हर्कत, गुणस्तर सुधार्ने बजेटबाट श्रीमानसँग घुमफिर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना ९इक्यूएसए० बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ । उक्त रकम शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो । 

उनले आफ्ना श्रीमान् प्राडा रमेशप्रसाद भट्टराईलाई विज्ञ बनाएर परियोजनाका हरेक भ्रमणमा सँंगै लैजाने गरेपछि त्रिविभित्रै आक्रोश बढेको छ । परियोजनाको प्रमुख रेक्टर त्रिपाठीले परियोजनाले अहिलेसम्म कोकोलाई विदेश पठाएको छ भन्ने अधिकांश विषय गोप्य राख्ने गरेका छन् ।

सो परियोजनाअन्तर्गत विदेश भ्रमण जाँदा त्रिविलाई आर्थिक भार नपर्ने उल्लेख गरी बिदा स्वीकृत भए तापनि उनले दोहोरो सुविधा लिने गरेको समाचार स्रोतको दाबी छ । उक्त स्रोतका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई ग्रिस, चेन्नाई, इटाली, स्पेन, चीन, अमेरिकालगायतका प्रायः देशको भ्रमणमा लैजाँदा परियोजनाको रकम खर्च गरेकी छिन् । चेन्नाई, इटालीलगायत मुलुक भ्रमणमा रेक्टर त्रिपाठी पतिसँगै पुगेकी छिन् ।

भट्टराईले विभिन्न मुलुक भ्रमण गर्दा १० लाख रुपियाँभन्दा बढी एड्भान्स रकम लिएका छन् । अधिकांशले थोरैमा १ लाखदेखि २ लाख रुपियाँसमेत एडभान्स लिएका छन् । परियोजनामा करिब ३२ हजार युरो अर्थात् करिब ३५ लाख रुपियाँ रकम आएको थियो । तीमध्ये करिब २९ लाख रुपियाँ भ्रमणमै सकिएको छ । विदेश गएपछि बिल पेस गरी रकम लिनुपर्ने प्रावधानलाई लत्याउँदै एड्भान्सको रुपमा रकम लिने गरेका हुन् ।

यो खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।







मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 
मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘शक्तिको उन्मादबाट उन्मत्त’ सरकारले नागरिक अधिकार संकुचित पार्ने विधेयकहरू ल्याएको औंल्याएका छन् ।..

गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह
गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर..

इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 
इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 

सर्लाही । सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा..

बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले
बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले

बीमाबाट भुक्तानी लिईसकेपछि पनि राज्यकोष लुड्याउने मेयर शिवाकोटी (कालोघेरामा) काठमाडौं । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति..