सलमान खानले शिवलिङ्गलाई छोपेर ‘दबंग ३’ छायांकन गरेपछि यसरी परे संकटमा


नेपाल पाना प्रकाशित: २०७५-१२-२५ गते
सलमान खानले शिवलिङ्गलाई छोपेर ‘दबंग ३’ छायांकन गरेपछि यसरी परे संकटमा

काठमाडौं । अभिनेता सलमान खानको हिट फ्रैन्चाइजी ‘दबंग’ को तेस्रो पार्टको छायांकन सुरू भएको छ । आफ्नो आगामी फिल्म ‘भारत’को छायांकन सकिएलगत्तै सलमानले बहुप्रतिक्षित फिल्म ‘दबंग ३’ को छायांकन केही दिनअघिबाट सुरू गरेका हुन् ।

अहिले उक्त फिल्मको छायांकन इन्डोरको महेश्वरमा भइरहेको छ । सुटिङ लोकेसनबाट सलमान खानको केही फोटो लीक भएको छ । जसले सलमानलाई संकटमा पारेको छ । छायांकनका क्रममा सलमानको टोलीले शिवलिङ्गलाई काठले ढाकेर शुटिङ गरेका थिए । जसका कारण उक्त विषय राजनीतिक रूपले बढेको थियो ।

यस मुद्दामाथि भारतीय कांग्रेस र भारतीय जनता पार्टीले विरोध गरेका थिए । महेश्वरमा लगाइएको सेटमा भगवान शिवको शिवलिङ्गलाई काठले छोपिएको थियो । जुन, कुरामा यी दुई पार्टीले विरोध जनाएका हुन् । यद्यपि, विरोधपछि शिवलिङ्गबाट काठ हटाइएको थियो ।

विरोधपछि सलमानले सफाइ दिएका छन् । उनले आफू पनि शिवभक्त भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले शिवलिङ्गको सुरक्षाका लागि बक्स लगाएका थियौं । म पनि शिवको ठूलो भक्त हुँ । तर, फेरि पनि तपाईंहरू सुटिङ गर्न दिनुहुन्न भने हामी तुरुन्त प्याकअप गरेर हिड्नेछौं ।

यस फिल्ममा पनि सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिने छन् । ‘दबंग ३’ लाई कोरियोग्राफरबाट निर्देशक बनेका प्रभु देवाले निर्देशन गर्नेछन् । यसअघि प्रभु देवा र सलमानले फिल्म ‘वान्टेड’ मा एकसाथ काम गरेका थिए ।

‘दबंग ३’ मा एकपटक फेरि सलमान प्रहरीको भूमिकामा देखा पर्नेछन् । यस फिल्ममा सलमानको अपोजिटमा सोनाक्षी सिन्हा नै देखिने छिन् । र, ‘मक्खी’ फिल्मका खतरनाक भिलेन सुदीप यस फिल्ममा नेगेटिभ रोलमा देखिनेछन् ।







राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा
राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ? तत्काल..

‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..