मृत्युशैयामा बिरामी छाडेर आन्दोलन गर्दै चिकित्सक, प्रहरी चौकी बन्यो वीर अस्पताल


नेपालपाना प्रकाशित: २०७५-१२-२८ गते
मृत्युशैयामा बिरामी छाडेर आन्दोलन गर्दै चिकित्सक, प्रहरी चौकी बन्यो वीर अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ ।

तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा आंशिक सेवा सञ्चालन गरिएको छ । 

डाक्टर आन्दोलनको प्रभावका आधारमा सरकारी धारणा बनाउने उद्देश्यले प्रधानमन्त्रीले देशभरका अस्पतालमा सेवाको अवस्था बुझ्न खोजेको हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए ।

सरकारी चिकित्सक संघ ९गोदान० को अगुवाइमा अस्पतालको ओपिडी र अप्रेसन सेवा ठप्प पारिएको छ । सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेका छन् । सरकारी अस्पतालमा दैनिक ४० हजारभन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका थिए ।

यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।







मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 
मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘शक्तिको उन्मादबाट उन्मत्त’ सरकारले नागरिक अधिकार संकुचित पार्ने विधेयकहरू ल्याएको औंल्याएका छन् ।..

गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह
गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर..

इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 
इन्काउन्टरमा मारिएका कुमार पौडेलका छोराछोरीको बिचल्ली 

सर्लाही । सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा..

बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले
बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले

बीमाबाट भुक्तानी लिईसकेपछि पनि राज्यकोष लुड्याउने मेयर शिवाकोटी (कालोघेरामा) काठमाडौं । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति..