बिरामीलाई मृत्युशैयामा छाडेर डाक्टरहरुले यसरी निभाउँदैछन् चिकित्सकीय धर्म  !


नेपालपाना प्रकाशित: २०७५-१२-२९ गते
बिरामीलाई मृत्युशैयामा छाडेर डाक्टरहरुले यसरी निभाउँदैछन् चिकित्सकीय धर्म  !

काठमाडौ । बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न थालेका छन् ।

समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए ।

सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्सक आन्दोलनमा नाममा बिरामीलाई बिचल्लीमा पारेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि आन्दोलनरत चिकित्सकहरुले सादा कागजमा सरकारी चिकित्सक संघ (गोदान) को छाप लगाएर बिरामीको परीक्षण शुरु गरेको छ ।

सरकारी अस्पतालका चिकित्सक आन्दोलनमा लागेपछि निजी अस्पतालका दलालहरु अहिले नीजि अस्पतालमा बिरामी लैजान चलखेल गर्ने गरेको पाइएको छ ।

वीर अस्पतालकै ट्रमा सेन्टरमा आउने बिरामीलाई पनि अस्पतालको परिसरमा राखेर चेकजाँच गरेजस्तो गर्ने र बिरामीलाई प्राइभेट क्लिनिकमा पठाउन दलालको चलखेल तीव्र भएको छ ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज
सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज

काठमाडौं । स्थानीय तहका निर्वाचित पदाधिकारीले लिँदै आएको तलब सुविधा गैरसंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ । स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक ९तलब तथा ज्याला..

इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ
इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ

काठमाडौं । राजधानीमा ट्रक तथा मिनी ट्रकले सामान ओसार्दा ठगी गरेको उजुरीपछि शुक्रबार इँटा तथा बालुवासहितका निर्माण सामग्री बिक्री गर्दा ग्राहक ठगीको अभियोगमा प्रहरीले राजधानीका..

अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप
अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप

काठमाडौं । कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ । सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरह..

सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा
सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा

काठमाडौं । सरकारको केन्द्रिय सचिवालयमा मंगलबार छड्के गर्दा २१५ जना कर्मचारी कारवाहीमा परेका छन्।    मंगलबार राष्ट्रिय सर्तकता केन्द्रले गरेको छड्केमा सिंहदबारमा बि..