स्ववियु चुनाव जेठको दोस्रो हप्तामा गर्ने प्रस्ताव


नेपालपाना प्रकाशित: २०७५-१२-२९ गते
स्ववियु चुनाव जेठको दोस्रो हप्तामा गर्ने प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

 बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए ।

‘हामीले छिटोभन्दा छिटो मिति घोषणा गरेर अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ,’ उनले भने । बैठकमा अनेरास्ववियुका उपाध्यक्ष आचार्यसहित, अनेरास्ववियु क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैटौँका अध्यक्ष विमल पोखरेललगायतको सहभागिता रहेको थियो । 

यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..