काठमाडाैं छाड्न नमान्ने डाक्टरको आन्दोलनले बिरामीको बिचल्ली


नेपालपाना प्रकाशित: २०७५-१२-२९ गते
काठमाडाैं छाड्न नमान्ने डाक्टरको आन्दोलनले बिरामीको बिचल्ली

काठमाडाैं । कर्मचारी समायोजनसँगै काठमाडाैं छाडेर देशका विभिन्न भागमा सेवा गर्न जानुपर्ने भएपछि त्यसको विरोधमा आन्दोलित डाक्टरका कारण अस्पतालहरूमा विरामीको बिचल्ली भएको छ ।

अहिले देशभरका अस्पतालमा डाक्टरहरूले आकस्मिक बाहेकका कक्षमा सेवा वहिष्कार गरेका छन् । वृत्ती विकासमा असर गर्नेगरी समायोजन गरिएको भन्दै सरकारी डाक्टरले गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको हो ।

काठमाण्डौको वीर अस्पतालको प्राङगणमा टिकट बिनै विरामी जाँच गरे पनि शल्यक्रिया, डायलासिसलगायतका अति आवश्यक सेवा नपाउँदा बिरामीको ज्यानै जोखिममा परेको छ । तर आन्दोलनरत डाक्टरले भने आफ्नो माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन् ।

सरकारले पनि कर्मचारी समायोजनको काम सकिएकाले यसमा पुनविचार नगर्ने भन्दै आन्दोलन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ । सरकारी डाक्टरको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि साथ दिएको छ । संघले ७२ घण्टाभित्र सरकारी डाक्टरको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..