नेकपाका शीर्ष नेताहरुको ‘गोप्य बैठक’ चन्द्रागिरीमा


नेपाल पाना प्रकाशित: २०७५-१२-२९ गते
नेकपाका शीर्ष नेताहरुको ‘गोप्य बैठक’ चन्द्रागिरीमा

काठमाडौं । नेकपाका शीर्ष नेताहरुबीच गोप्य बैठक बसेको छ । पार्टीका तल्लो तहका संरचनाको एकता प्रक्रिया टुंगो लगाउन गोप्य बैठक बसेको हाे ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायतका शीर्ष नेताहरु चन्द्रागिरीस्थित रिसोर्टमा पुगेका छन् ।

उनीहरु हिजो साँझ चन्द्रागिरी रिसोर्टमा पुगेर गोप्य छलफलमा बसेका हुन् । छलफलमा माधवकुमार नेपाल भने सहभागी छैनन् । आवासीय बैठक गरेका उनीहरुबीच पार्टी एकता, सरकार सञ्चालनलगायतका विषयमा कुराकानी भएको छ ।

पार्टी एकताको काम टुंगिन नसक्दा नेकपाभित्र विवाद बढ्दै गएपछि शीर्ष नेताहरु त्यसलाई टुंगोमा पुर्याउने कसरत गरिरहेका छन् । कतिपय मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको गुनासो आएपछि त्यसबारेमा पनि शीर्ष नेताहरुबीच छलफल भएको हो ।

पार्टी एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि नेकपाको तल्लो तहको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन । प्रदेश कमिटीभन्दा तल एकता हुन सकेको छैन । २२ वटा जनवर्गीय संगठनमध्ये कानुनी व्यवसायी र इन्जिनियरको संगठनबाहेकका कुनै पनि संगठनको एकता टुंगो लागेको छैन ।

नयाँ वर्षको पहिलो दिन नै तल्लो तहसम्म सबै एकता टुंगो लगाएर सर्कुलर जारी गर्ने तयारीे छ ।







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..