‘ओली गफ मात्रै गर्छन, कामको सिन्को भाँच्दैनन्’: सभापति देउवा


नेपाल पाना प्रकाशित: २०७६-१-१ गते
‘ओली गफ मात्रै गर्छन, कामको सिन्को भाँच्दैनन्’: सभापति देउवा

कैलाली । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ धेरै गर्ने तर जनताको कामको सिन्को नभाँचेको बताएका छन् ।

नयाँ वर्ष मनाउन कैलाली पुगेका देउवाले सरकारले रातारात महंगी बृद्धि गरेर जनताको ढाड सेकाउनमा तल्लिन रहेको बताएका छन् । सभापति देउवाले अहिलेको दुई तिहाई सरकारले हत्या हिंसाजस्ता जंघन्य अपराधिक कृयाकलापलाई कानुनको दायरामा नल्याएर जग हसाँएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आइतबार विहान धनगढीमा बोल्दै सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको बताए ।  भन्दै सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिंको नभाँच्ने प्रबृत्तिमा अहिलेको सरकारमा रहेको आरोप लगाए ।

सरकारका गलत कामहरुको बारेमा नेपाली काँग्रेसले सदन र सडकबाट खबरदारी गरिरहेको देउवाले बताए । उनले ओली नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने दाबी समेत गरे ।







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..