आज जुडशीतल पर्व, दुई नम्बर प्रदेशमा सार्वजनिक बिदा


नेपालपाना प्रकाशित: २०७६-१-१ गते
आज जुडशीतल पर्व, दुई नम्बर प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । मिथिला संस्कृति बाहुल्य क्षेत्रमा आज जुडशीतल पर्व मनाईदैछ । जुडशीतल पर्वका अवसरमा प्रदेश नं. दुईमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।

प्रकृति र स्वास्थ्यको कामना गर्दै मनाईने जुडशीतलपर्वसँगै मिथिलाञ्चलमा नयाँ बर्ष शुरु हुन्छ । जुडशीतलको अर्थ सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नु भन्ने हुन्छ । थारु समुदायले पनि यसलाई सिरुवा पर्वका रुपमा मनाउने गर्छन् ।   

जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । 

यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिइ आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यसक्रममा मैथिलहरू एकाबिहानै उठेर आफ्नो परिवार र गाउँका केटाकेटीलाई आशीर्वाद दिने चलन पनि रहेको छ । 

यस पर्वमा सूर्यको कडा ताप विरूद्ध शीतलताको कामना गरिन्छ ।  वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानव मात्रको कल्याण नभई रूख विरूवाका लागि पनि शीतलताको कामना गरिन्छ । 

यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिदैन । त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटविरूवाका साथै घर–गृहस्थीका सबै वस्तुहरू सन्दुक, आलमारी, बाकस, खाट, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ऊखल, मुसल, सिलौटा, लोढा र सवारी साधनमाथि पानी जुराउने गरिन्छ ।

त्यस्तै यस पर्वमा गाउँका इनार, कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउ भरी हिलो दलेर एक अर्कालाई जिस्काउने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । जीउ भरी हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ ।

ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरू भएको बताइन्छ । जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ । एक सालको खाना अर्को सालमा खानुपर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । यस पर्वमा तरूवा, बरी ९वेसनको व्यञ्जन० दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ ।

त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ । यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिन्छ ।

जुडशीतल पर्व उल्लास, पे्रम र भाइचाराको प्रतीक रूपमा पनि प्रतिष्ठित रहेको छ । नयाँ वर्षमा प्रवेश गर्दा स्वच्छ वातवरण, स्वच्छ पानी, स्वच्छ जीउ, स्वच्छ र रूचिकर खानासँगै ताप विरूद्ध लडने शक्तिको प्रवेशका लागि प्रेरणा दिनु नै यस पर्वमा निहित सन्देश हो ।







सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस
सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस

काठमाडौं । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ । सरकारले सभाबाट विधयेक फिर्ता लिने एकद..

"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ
"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् ।  लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भ..

राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 
राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालि..

नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि
नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि

काठमाडौं । तारान्तार नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण, द्वन्द एवं जातीय विभाजनमा मुख्य भूमीका खेलका पश्चिमा देशहरुले अर्को नाटक मञ्चन गरेका छन् ।  नेपालमा आफुहरुल..