२०७५ मा मधेश आन्दोलनबाट बाहिर


नेपालपाना प्रकाशित: २०७६-१-१ गते
२०७५ मा मधेश आन्दोलनबाट बाहिर

काठमाडौँ । तराई मधेसमा सधै कुनै नकुनै बहानामा आन्दोलन भइरहन्थ्यो । तर २०७५ साल त्यस्तो आन्दोलन भएन । 

तराई मधेस केन्द्रित दलहरूले २०६४ देखि प्रत्येक वर्ष, प्रत्येक महिना कुनै न कुनै बहानामा आन्दोलन गरिरहन्थे तर २०७५ सालमा मधेसमा कुनै पनि आन्दोलन भएका पाइएनन् । 

स्वतन्त्र मधेसका लागि आन्दोलन गर्दै आएको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत पनि मूलधलधारमा आइसकेपछि अब मधेसमा आन्दोलनको तत्काल कुनै सम्भावना नरहेको सरकारको नेतृत्व गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूको भनाइ छ  ।

नाकाबन्दीसहितको छ महिनासम्म मधेसमा आन्दोलन भएको थियो । तर जब तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली २०७२ मा पहिलो पटक प्रधानमन्त्री भएको केही महिनापछि मधेसवादी दलहरूले आन्दोलन फिर्ता लिएका थिए । 

मधेसवादी दलले आन्दोलन फिर्ता लिए पनि संविधान संशोधनको माग राख्दै सानातिना विरोध र प्रदर्शनका कार्यक्रम स्थगित गरेका थिएनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।







परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने
परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने भएको छ।  वैदेशिक रोजगारका क्रममा..

न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै
न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै

काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश पाउनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन्।..

भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प
भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प

लमजुङ । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको पुल बगेपछि मनाङ सडक अवरुद्ध भएको छ ।  म्यार्दी पुल पहिरोले आइतबार बगाएको हो । पुलबगेपछि लमजुङ–मनाङ चल्ने..

लोकसेवा: तीन लाखले भरे फारम
लोकसेवा: तीन लाखले भरे फारम

काठमाडौं । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज..