यु–१९ विश्वकप छनोट : नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यान निरिह, ७ विकेटको क्षतिमा जम्मा ८६ रन 


नेपालपाना प्रकाशित: २०७६-१-२ गते
यु–१९ विश्वकप छनोट : नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यान निरिह, ७ विकेटको क्षतिमा जम्मा ८६ रन 

क्वालालाम्पुर । बायोमास ओभलमा भईरहेको आईसीसी यु–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाली बलरहरुले मलेसियाका ब्याट्म्यानहरुलाई चरम दबाबमा राखेका छन् ।

२५ ओभरको खेल सकिँदा मलेसियाको ७ विकेट उडिसकेको छ । मध्यक्रमका ब्याट्सम्यानहरुलाई समेत नेपाली बलरहरुले धमाधम पेभेलियन फकाईरहेका छन् । 

टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीले पहिलो ओभरमै मलेसियाको विकेट उठाईदिएको थियो । पहिलो ओभरको तेस्रो बलमा नेपालका कमलशिंह ऐरीले मलेसियाका अस्लम खानको विकेट झारिदिएका थिए । त्यसयता सम्हालिएर खेल्न नसकिरहेको मलेसियाले लगातार विकेट गुमाईरहेको छ । 

नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने पानी परेपछि युएईसँग डीएल मेथोडमा १ रनले पराजित भएको थियो ।

अब नेपालले विश्वकप छनोटका लागि सबै खेल जितेपनि युएईले एक खेल हार्नैपर्ने हुन्छ ।







सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 
सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको छ ।  टस हारेर पहिले ब..

ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 
ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 

काठमाडौं । दुई पटकका फिफा बर्ष खेलाडी एवं सन् २००२ मा विश्वकप जित्दा ब्राजिली टीमका महत्वपूर्ण सदस्य रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन्  ।  सन् २०१८ को जनवरीम..

विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो
विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो

काठमाडौं । युरोकप २०२० को छनोट प्रतियोगितामा विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बरारीमा रोकिएको छ ।  गएराती भएको खेलमा क्रोयशियाका लागि ११ औं मिनेटमै कप्तान लुका म..

यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 
यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार (आज) बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ । अहिले बिहान सवा १० बजेदेखि हुने खेलमा  अर्को टेस्..