सुडानी सेनाले पूर्वमन्त्रीहरु समात्न थाल्यो, नागरिक सरकार बनाउन तयार


नेपालपाना प्रकाशित: २०७६-१-२ गते
सुडानी सेनाले पूर्वमन्त्रीहरु समात्न थाल्यो, नागरिक सरकार बनाउन तयार

खार्तुम । ३० बर्षसम्म शासन चलाई अलोकप्रिय बनेका राष्ट्रपति ओमार बशीरको सत्ताच्युत गराएको सुडानी सेनाले धमाधम पूर्वमन्त्रीहरुलाई पक्राउ गर्न थालेको छ । 

सेनाले बशीर नेतृत्वको सरकारका मन्त्रीहरुलाई पनि पक्राउ गरेको तर उनीहरुको नाम भने नखुलाइएको बीबीसीले जनाएको छ । लेफ्टिनेन्ट जनरल अब्दुल रहमान बुर्हान नेतृत्वको सेनाले अर्को प्रधानमन्त्री बनाउने विषयमा सकारात्मक देखिएका छन् । तर नागरिक शासन लागु नभएसम्म सडक प्रदर्शन नरोक्ने प्रदर्शनकारीको अडान छ ।

सैन्य सरकारका प्रवक्ता अदडिन शान्तोले सडक प्रदर्शन गरिरहेको द सुडान प्रोफेसनल्स एशोसिएसनले चाहेमा नागरिक शासन लागु गर्न तयार रहेको र त्यसका लागि नागरिक प्रधानमन्त्री छान्न सकिने बताएको खबरमा उल्लेख छ । 

गएको हप्ता झण्डै ३० बर्ष शासन चलाएका राष्ट्रपति बशीरलाई हटाएर सेना प्रमुख अबाद इफ औफले आफैलाई रक्षामन्त्री घोषणा गरेका थिए । तर राष्ट्रपति बशीरका समर्थक र सुडानका नागरिकले सडक प्रदर्शन चर्काएपछि उनले पदत्याग गर्दै लेफ्टिनेन्ट जनरल बुर्हानलाई उत्तराधिकारी घोषणा गरेका छन् ।    







इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका..

जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..