सेतो मत्स्येन्द्रनाथको रथ हनुमानढोका पु-याइयो


रासस प्रकाशित: २०७६-१-२ गते
सेतो मत्स्येन्द्रनाथको रथ हनुमानढोका पु-याइयो

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु-याइएको छ ।

असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघि पु¥याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिए।  

सोमबार बेलुकी ४ः३० बजे रथ तानेर लगन पु¥याइने छ । रथ लगन पु-याएपछि आजै जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराउन लगिने कार्यक्रम रहेको उनले बताए ।

 चैत्र शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पु¥याइएको थियो । रथ असनमा पु-याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेकी थिइन् । प्राचीनकालदेखि नै सेतो मच्छेन्द्रनाथको रथ यात्रा असन पु-याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ ।
 

सोमबार दिउँसो २ः३० बजेसम्म हनुमानढोकामा पूजा एवं दर्शन गर्नका लागि रथ राखिन्छ । त्यसपछि रथ यात्रा शुरु गरी लगन पु¥याइनेछ । १७ औँ शताब्दीमा शुरु भएको रथ यात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ । 

रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ । वैशाख ३ गते रथ लगन टोलमा रहेको सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा) लाई तीन पटक घुमाइन्छ । वैशाख ४ गते मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएपछि यो जात्रा समाप्त हुन्छ । 

सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने स्थानीयवासीको विश्वास छ ।







सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस
सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस

काठमाडौं । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ । सरकारले सभाबाट विधयेक फिर्ता लिने एकद..

"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ
"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् ।  लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भ..

राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 
राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालि..

नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि
नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि

काठमाडौं । तारान्तार नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण, द्वन्द एवं जातीय विभाजनमा मुख्य भूमीका खेलका पश्चिमा देशहरुले अर्को नाटक मञ्चन गरेका छन् ।  नेपालमा आफुहरुल..