कुटपीट गरि सुनसरीमा बृद्धको हत्या 


नेपालपाना प्रकाशित: २०७६-१-२ गते
कुटपीट गरि सुनसरीमा बृद्धको हत्या 

सुनसरी । भोक्राह(नरसिंह गाउँपालिका–३ सर्बैया टोलमा कुटपिटगरि एक बृद्धको हत्या गरिएको छ ।  

भोक्राह(नरसिंह गाउँपालिका(७ बस्ने २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले गएराती साढे ११ बजेतिर सोही ठाउँ बस्ने ७५ वर्षीय जागेश्वर मण्डललाई पुरानो रिसइबीको कारण कुटपिट गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको छ । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बृद्धको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ।


‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ

जनकपुर। सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुली गर्ने  बस्ने ३० वर्षीय प्रतिक कुमार चौध..

भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी
भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि राजस्व चुहावट नियन्त्रण उच्चस्त..

आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति
आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति

विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।  अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ल..

न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा
न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

काठमाडौं। न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उनले राजीनामा बुझाउने निर्णय..