पूर्ववडाध्यक्ष उमानाथ ५ दिनदेखि बेपत्ता


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
पूर्ववडाध्यक्ष उमानाथ ५ दिनदेखि बेपत्ता

गलकोट । ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–४ कुडुँबाट बेपत्ता भएका हो । 

चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्पर्कमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको बताएको छ ।

परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

पाँच दिनसम्म परिवारको सम्पर्कमा नआएका कारण सबैलाई खोजी गरिदिन आग्रह गरेको परिवारका आफन्त भोलानाथ आचार्यले बताए । शर्माको खोजी गर्नका लागि स्थानीय बासिन्दा दिनभर ढोडेनी तथा कालीगण्डकी किनारमा जाने भए पनि शर्मा फेला पर्न सकेका छैनन् ।

शर्मा साविक बागलुङ नगरपालिका–१० का पूर्ववडाध्यक्ष हुन् । सामाजिक भावना भएका शर्मा बिना कारण बेपत्ता भएको परिवारले जनाएको छ । शर्मालाई बेपत्ता हुँदाको दिन स्थानीयले घरबाट तल ढोडेनी भन्ने ठाउँमा देखेको प्रहरीले जनाएको छ । घरदेखि तल ठूलो भीर र कालीगण्डकी नदी रहेको छ ।


रुपज्योतिलाई रिहाको माग गर्दै काठमाडौँमा मौन जुलुस
रुपज्योतिलाई रिहाको माग गर्दै काठमाडौँमा मौन जुलुस

काठमाडौँ । उद्योगपति रुपज्योतिलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौँमा मौन जुलुस निकालेका छन्। सुध्रिने मौकासमेत नदिई पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका उद्योगपति ज्योतिलाई..

नेकपा निकट राष्ट्रिय युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक
नेकपा निकट राष्ट्रिय युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक

काठमाडौँ । नेकपा निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्या..

गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए
गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए

काठमाडौं । यातायात व्यवस्था कार्यालय प्रदेश नम्बर-३ गुर्जुधारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आर्थिक अनियमितता भएको सुराकीको आधारमा अख्तियारले छापा मारेक..

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला
कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय..