बारमा छापा:  १२ नेपाली युवती प्रहरी नियन्त्रणमा


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
बारमा छापा:  १२ नेपाली युवती प्रहरी नियन्त्रणमा

केन्या । मोम्बासा सहरकाे बारमा प्रहरीले छापा हानी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ ।

मोम्बासको न्याली क्षेत्रको एक बारमा प्रहरीले छापा मारेको थियो । प्रहरीको लामो अनुसन्धानपछि यौन धन्दा तथा मानव तस्करीमा संलग्न गिरोहलाई समाउन सफल भएको त्यहाँको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गारलुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाई छ । किन र कसरी ती नेपाली चेलीहरू त्यहाँ पुगे भन्ने विषयको अनुसन्धान भइरहेको केन्या प्रहरीले जनाएको छ ।

प्रहरीले बारका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ बार सञ्चालकसँग क्यानाडेली राहदानी भए पनि उनी क्यानेडियन नभएको प्रहरीले जनाएको छ ।


नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्व..

भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा
भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने न..

भरुवा बन्दुकसहित बल बहादुर पक्राउ
भरुवा बन्दुकसहित बल बहादुर पक्राउ

वर्दिया । भरुवा बन्दुकसहति बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारु पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा..

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा आगलागी
बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।  बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार बिहान साढे ११ बजे आगलागि भएको हो । आगलागीबाट ४ व..