‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’ भन्दे प्रधानमन्त्री निवास अगाडि विवेकशीलको प्रदर्शन


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’ भन्दे प्रधानमन्त्री निवास अगाडि विवेकशीलको प्रदर्शन

काठमाडौं । जग्गा बिक्रीको विरोधमा विवेकशील साझा पार्टीले प्रर्दशन गरेको छ । प्रधानमन्त्री निवासनजिकैको जग्गा बिक्रीको विरोधमा विवेकशील साझा पार्टीले सोमबार प्रर्दशन गरेको हो । 

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास नजिकैको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा साझा पार्टीले सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो ।

कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि नै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए । उनले विरोध प्रर्दशनको माध्यमबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दवाव दिइएको बताए ।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको बतएको छ ।

प्रवक्ता आचार्यले प्रधानमन्त्री निवासको जग्गा नै अपचलन गर्ने गम्भीर प्रकृतिको घटना बाहिर आएको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारलाई खबरदारी गर्न पनि सबै नागरिक समाज, पार्टी र संचारकर्मीहरुलाई पनि आह्वान गरे ।

प्रदर्शनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले कार्डहरु प्रर्दशन गरिएको थिए ।

जग्गा बिक्री गरिएको घटना बाहिर आएपछि सरकारले पनि त्यहाँको जग्गा बिक्री गर्न रोक लगाउने निर्णय गरेको थियो । विवेकशील साझा पार्टीले सरकारको निर्णयको स्वागत गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।  







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..