इन्डियन प्रिमियर लिग: विराट कोहलीको टिम दोस्रो जितको खोजी, आज मुम्बईविरुद्ध भिड्दै


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
इन्डियन प्रिमियर लिग: विराट कोहलीको टिम दोस्रो जितको खोजी, आज मुम्बईविरुद्ध भिड्दै

विराटनगर । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज एक खेल हुँदैछ । आज नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने उक्त खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स  बैंग्लोरसँग खेल्नेछ ।

मुम्बईस्थित वांखेडे स्टेडियममा हुने उक्त खेलमा दुवै टोली एक–अर्कालाई हराउने लक्ष्यका साथ मैदान उत्रिनेछन् । जारी लिगको अंक तालिकामा मुम्बई चौथो तथा बैंग्लोर पुछारमा छ । मुम्बईसँग ८ अंक हुँदा बैंग्लोरसँग २ अंक मात्र छ ।

भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर आज दास्रो जितको खोजीमा छ । ७ खेलमध्ये ६ खेलमा हार र एक खेलमा मात्र जित निकाल्न सफल टोली बैंग्लोरले आज आठौं खेल खेल्न लागेको हो ।

यता मुम्बई भने आफ्नो पाँचौं जितको खोजीमा छ । मुम्बईले समान खेलमध्ये ४ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ ।







विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'
विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'

एजेन्सी । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । साथै, यो खेलमा बंगलादेशी खेलाडी शाकीव..

प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीक..

कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अर्जेन्टिना समूह उपविजेताको रुपमा दोस्रो चरण प्रव..

पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?
पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?

काठमाडौं । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समूह चरणबाट माथि नजाने लगभग निश्चित भइसकेको छ । पछिल्लो खेलमा न्यूजिल्याण्डसँगको साँघुरो हारले बाँकी सबै खेल जिते पनि सेमिफाइनलमा पु..