उपत्यकामा सिन्दूर जात्राको रौनक, थिमीमा भव्यरुपमा मनाइदैँ


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
उपत्यकामा सिन्दूर जात्राको रौनक, थिमीमा भव्यरुपमा मनाइदैँ

भक्तपुर । बिश्का जात्रामध्ये एक प्रमुख जात्रा मानिने सिन्दूर जात्रा आज मध्यपुर थिमीमा भव्यरुपमा मनाइएको छ । प्रत्येक वर्ष नयाँ वर्षको सुरुवतमा यहाँ सिन्दुर जात्रा भव्य रुपमा मनाउने गरिन्छ ।

बिस्का जात्रामा मध्यपुरथिमीको प्रमुख जात्राको रुपमा मनाइने ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । केही वर्षयता खटको सङ्ख्यामा कमी आएको छ । यो वर्ष जात्रामा २३ वटा खट मात्र समावेश छन् ।

थिमी नगरको टोलटोलमा रहेको मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर छर्केर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर पूजा गर्ने प्रचलन छ ।

जात्रामा काँयबाजा, भुछ्याँयबाजा, धिमेबाजा, टिँकछी बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगर परिक्रमा गर्ने परम्परा छ । सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ ।

आजै दिउँसो मध्यपुरथिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । यसलाई स्थानिय नेवारी भाषामा म्ये प्वाखनिगु जात्रा भनिन्छ । यो जात्रा बोडेको बिस्का जात्राको प्रमुख जात्रा मानिन्छ । इतिहासमा उल्लेख भएअनुसार यो जात्रा नेपाल सम्वत २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेका थिए ।







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..