सुरक्षा बलको कारवाहीमा वरिष्ठ कमाण्डरसहित ५ जना मारिए


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
सुरक्षा बलको कारवाहीमा वरिष्ठ कमाण्डरसहित ५ जना मारिए

बगदाद । सुरक्षा बलको कारवाहीमा इराकमा आतंककारी समूह इस्लामिक स्टेटका एक वरिष्ठ कमाण्डरसहित ५ लडाकु मारिएका छन् । उत्तरपूर्वी इराकको हमरिन पहाडी क्षेत्रमा सेनाले गरेको कारवाहीमा उनीहरुको मृत्यु भएको हो । मारिने कमाण्डरको पहिचान भने खुलाइएको छैन ।

मुलुकको दियाला प्रान्तमा प्रतिआतंवादी विशेष फौजले गरेको कारवाहीमा उनीहरुको मृत्यु भएको जनाइएको छ । दियाला प्रान्तको राजधानी बकुबा नजिक गरिएको कारवाहीमा इस्लामिक स्टेटका वरिष्ठ कमाण्डर र उनका ४ ‘अनुयायी’ को ज्यान गएको बताइएको छ ।

पछिल्ला केही दिनमा त्यस क्षेत्रमा इराकी सेना तथा अमेरिकी सेनाका लडाकु विमानबाट भारीस्तरमा हवाई आक्रमण हुँदै आएको थियो । हाल इराकमा इस्लामिक स्टेटको नियन्त्रणमा कुनै पनि भूभाग नरहेपनि इस्लामिक स्टेटका लडाकुहरु मुलुकको विभिन्न स्थानमा लुकेर छापामार शैलीमा आक्रमण गर्दै आएको बताइन्छ ।







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..