अख्तियार भ्रष्टाचार माथि आक्रामक,  भ्रष्टाचारको आरोपमा को–को परे ?


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
अख्तियार भ्रष्टाचार माथि आक्रामक,  भ्रष्टाचारको आरोपमा को–को परे ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो । तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए । यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो । 

लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो । ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको भिडियो बाहिरियो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको खुलेपछि पाठक राजीनामा दिन बाध्य भए । अख्तियारले आफ्नै आयुक्त पाठकविरुद्ध मुद्दा दायर गर्यो । 

यो घटना इतिहासकै नौलो थियो । यता अख्तियारकै प्रहरी सहायक निरीक्षक जन्म अधिकारी पनि १ लाख घुससहित समातिए । अधिकारीविरुद्ध अदालतमा घुस मुद्दा दायर भयो। अख्तियारभित्रकै पदाधिकारी र कर्मचारी भ्रष्टाचार तथा घुसमा मुछिए पनि यो वर्ष अख्तियारको सक्रियता निकै बढ्यो ।







परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने
परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने भएको छ।  वैदेशिक रोजगारका क्रममा..

न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै
न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै

काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश पाउनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन्।..

भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प
भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प

लमजुङ । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको पुल बगेपछि मनाङ सडक अवरुद्ध भएको छ ।  म्यार्दी पुल पहिरोले आइतबार बगाएको हो । पुलबगेपछि लमजुङ–मनाङ चल्ने..

लोकसेवा: तीन लाखले भरे फारम
लोकसेवा: तीन लाखले भरे फारम

काठमाडौं । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज..