साइबर अपराध आरोपमा पत्रकार पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
साइबर अपराध आरोपमा पत्रकार पक्राउ

काठमाडौं । साइबर अपराध आरोपमा एक पत्रकार पक्राउ परेको छ । पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई प्रहरीले समातेको छ ।

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासविरुद्ध समाचार लेखेको आरोप लगाइएको हो । साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी परेको र त्यसैका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो विभागको आग्रहमा उनलाई समातिएको कास्की प्रहरीले जनाएको छ ।

कास्कीका डीएसपी रवीन्द्रमान गुरुङले भने, ‘हामीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट समातेर बुझाउन भने, हामीले समात्यौं । बाँकी अनुसन्धान केन्द्रले नै गर्ने बताए ।

शुक्रबार उनले गत शुक्रवार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतासविरुद्ध जाहेरी दिन पुगेका पोखरा(६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए ।

जाहेरीमा उनले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ कास्की शाखाले पत्रकार गिरीको पक्राउप्रति विरोध जनाएको छ ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै कास्कीका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिकका सम्पादक अर्जुन गिरीमाथि विपिन बतास ९ठगि प्रकरण० समाचार प्रकरणमा साइबर क्राइम अन्तर्गत मुद्दा फिर्ताको माग गरेको छ ।

‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारबाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरी कारबाही गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ गरेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्छौ ।’







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..