धादिङबाट ३० थान अवैध भरुवा बन्दुक बरामद


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
धादिङबाट ३० थान अवैध भरुवा बन्दुक बरामद

धदिङ । उत्तरी धादिङको विभिन्न क्षेत्रबाट ३० थान भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको सक्रियतामा जिल्लाको रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको हो ।

कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत सचेतनामलक कार्यक्रमको आयोजना गरी संकलन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय धादिङमा ल्याइएका ३० थान भरुवा बन्दुक गत चैत्र २२ गतेपछि संकलन भएका हुन् । यसअघि गत चैत्र २१ गते उत्तरी धादिङको खनियावास गाउँपालिकाबाट मात्रै १६ थान भरुवा बन्दुक संकलन गरिएको थियो ।

संकलन भएका भरुवा बन्दुकहरुमा रुवीभ्याली गाउँपालिकाबाट १० थान, खनियाबास गाउँपालिकाबाट १६ थान र गंगाजमुना गाउँपालिकाबाट ४ थान रहेका छन् ।

संकलन भएका सबै भरुवा बन्दुक स्थानीयबासीहरुले स्वतस्फूर्त नजिकको प्रहरी चौकीमा बुझाएका हुन् । गाउँ गाउँमा रहेका अवैधानिक हातहतियार खोज्ने अभियानकै लागि प्रजिअ पाण्डेयकै नेतृत्वमा शसस्त्र प्रहरी जिल्ला हेडक्वाटर धादिङवेशी र नेपाल प्रहरीको संयुक्त टोली केही समयअघि उत्तरी धादिङ गएका थिए ।

गृह मन्त्रालय मार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गरिसकेको छ । सार्वजनिक सूचना बेवास्ता गरी अवैध रूपमा विस्फोटक पदार्थ र हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही गरिने प्रशासनले जनाएको छ ।

संकलन गरिएका बन्दुकमध्ये धेरैजसो बन्दुक हाल प्रयोग गरिरहेको अवस्थामै रहेको प्रहरीले जनाएको छ। धादिङको उत्तरी क्षेत्र सुरक्षा संवेदनशीलताको हिसाबले सवैभन्दा बढी असुरक्षित क्षेत्र मानिन्छ ।

पटक(पटक व्यक्ति हत्यासमेत भएको उत्तरी धादिङमा गत स्थानीय निर्वाचनपछि मात्रै प्रहरीले खनियाबाँस र गंगाजमुनाबाट ३ अमेरिकन स्वचालित रिभल्वर र गोली बरामद गरी ६ जना माथि मुद्दा चलाएको छ ।

उत्तरी धादिङमै पछिल्लो एक दशकमा स्थानीय युवाहरुबीच भएका विभिन्न घटनामा ७ जनाको हत्या भएको छ भने ती घटनामा संलग्न ३० जना धादिङ कारागारमा रहेका छन् । त्यस्तै जिल्ला अदातलले सजाय तोकेका १० जना व्यक्तिहरू फरार छन् ।







विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प
विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको बन्दको प्रभाव काठमाडौंमा खासै परेको छैन । तर विभिन्न जिल्लाहरुमा शैक्षिक संस्था, कलकारखाना, यातायात र शैक्षिक संस..

मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..