३५ लाख अवैध मुद्रासहित २ पोल्याण्डेली पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
३५ लाख अवैध मुद्रासहित २ पोल्याण्डेली पक्राउ

काठमाडौं । अवैध मुद्रासहित २ जना पोल्याण्डेली नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोल्याण्डेली नागरिक पक्राउ परेको हो । 

प्रहरीले अवैध रुपमा लैजान लागिएको अमेरिकी डलर, युरो र नेपाली रुपैयाँसहित २ पोल्याण्डेली नागरिकलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३५ लाख २२ हजार ८ सय ९७ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको छ ।

पक्राउ पर्नेमा माक्सिमिलियान वेंगलोक्सी र याकुव स्तेच्की छन् । कतार एयरको फ्लाइट नम्बर क्यूआर ६४५ मार्फत काठमाडौंबाट कतारको दोहा जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट १९ हजार ७ सय अमेरिकी डलर, १० हजार २ सय युरो र ५८ हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाउने तयारी भइरहेको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..