नयाँ बर्ष २०७६ को दोस्रो दिनलाई सेयर बजारको स्वागत


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
नयाँ बर्ष २०७६ को दोस्रो दिनलाई सेयर बजारको स्वागत

काठमाडौं । नयाँ बर्ष २०७६ को दोस्रो दिन सेयर बजारमा हरियाली देखिएको छ । सोमबार धितोपत्र बजार ४.७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.७ अंकले बढेर १८८.७१ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सन्सेटिभ परिसूचक १.१३ अंकले बढेर २५४.७७ विन्दुमा पुगेको छ । सोमबार कूल १६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता शेयर रु ३० करोड ४५ लाख ७६ हजार ७८२ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोबार भएका कूल १० उपसमूहमध्ये  चार उपसमूहको शेयर घटेको छ भने छ उपसमूहको शेयर  बढेको छ । जलविद्युत् ५.३२, वित्त २.०१, अन्य ५.२८ र जीवन बीमा ११.२५ विन्दुले घटेको छ । यस्तै बैंकिङ ५.८९, होटल २२.४९, विकास बैंक ४.१३, निर्जीवन बीमा ६.९५, उत्पादन १०.३५, लघुवित्त ४२.४४ विन्दुले बढेको छ ।

सोमबार नेको इस्योरेन्स कम्पनीको कारोवार आज सबैभन्दा बढी भएको छ । सो कम्पनीको २ करोड ७५ लाख ५० हजार २०१, कुमारी बैंक १ करोड ९७ लाख ३८ हजार १८०, एनआइसी एशिया बैंक १ करोड ८३ लाख ४८ हजार ४६८, एभरेष्ट इन्स्योरेन्स कम्पनी १ करोड ६८ लाख ८५ हजार ९७७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

सोमबार इभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७.५६ प्रतिशत आम्दानी गरेका छन् । साना किसान विकास बैंकका ६.४५, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका ६.२४, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका ६.०४, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाएका छन् ।

यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.८९, नाडेप लघुवित्त वित्तीय संस्था ४.४४, विजय लघुवित्त वित्तीय संस्था ४.२१, खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले ३.८४ गुमाएका छन् ।







विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज आईतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रुप..

नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 
नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम..

सुनको भाउ अहिलेसम्मकै महंगो, किन्नेभन्दा बेच्ने धेरै !
सुनको भाउ अहिलेसम्मकै महंगो, किन्नेभन्दा बेच्ने धेरै !

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६५ हजार पुगेपछि सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।  मूल्य बढेको मौकालाई अवसरका रुपमा..

सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो
सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो

काठमाडौं । सुनको मुल्य बढेर तोलाको ६५ हजार पुगेको छ ।  बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य..