९१ हजार विद्यार्थीलाई विद्यालय फर्काउने योजना


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
९१ हजार विद्यार्थीलाई विद्यालय फर्काउने योजना

काठमाडौँ । विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । 

सङ्घीय सरकारले भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारा तय गरेको छ । विद्यालय तहको जिम्मेवारीस्थानीय तहमा गइसकेकाले कतिपय स्थानीय तहले विद्यार्थी अभियानका लागि आफ्नो छुट्टै नारा तय गरेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले पाँचदेखि नौ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका ९१ हजार पाँच जनालाई विद्यालयमा ल्याउने लक्ष्य लिइएको जानकारी दिए ।

गत वर्ष सो उमेर समूहका दुई लाख ५४ हजार बालबालिकालाई विद्यालयमा ल्याइएको थियो । यो समाचार आज प्रकाशित गोरखापत्र दैनिकमा छापिएको छ ।







चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु
चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ..

नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल
नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल

काठमाडौं । साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ ।..

पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !
पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।..

टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार
टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार

काठमाडौं । सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति..