जुम्ला विमानस्थल २० दिन बन्द हुने


रासस प्रकाशित: २०७६-१-३ गते
जुम्ला विमानस्थल २० दिन बन्द हुने

जुम्ला । जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।

अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने भएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले बताए। उनले भने, “अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि विमानस्थलको स्तरउन्नति कार्य भइरहेको छ । स्तरोन्नति कार्यलाई छिटो सकाउनको लागि विमानस्थल नै बन्द गर्ने निर्णय भएको हो ।”  

विमानस्थलको स्तरोन्नतिको कामले तीव्रता पाउने छ । विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको हो । विमानस्थल स्तरउन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नति कार्यमा ढिला नहुुने प्रमुख शर्माले जानकारी दिए ।

अहिले विमानस्थल जीर्ण हुँदै गएकाले स्तरोन्नति गरेर सुरक्षित बनाइने उहाँको भनाइ छ । विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ ।

विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्रे उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।







गौतमबुद्ध विमानस्थलमा ठेक्का लगाईएभन्दा पाँचगुणा बढी खर्च हुँदै 
गौतमबुद्ध विमानस्थलमा ठेक्का लगाईएभन्दा पाँचगुणा बढी खर्च हुँदै 

भैरहवा  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन..

मदन खरेलले बायुसेवा निगम डुबाउँदै, घाटा देखाउँदै निजी कम्पनीलाई भाडामा जहाज दिने तयारी 
मदन खरेलले बायुसेवा निगम डुबाउँदै, घाटा देखाउँदै निजी कम्पनीलाई भाडामा जहाज दिने तयारी 

नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् ।  गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाज..

लुक्लामा चार दिनदेखि उडान ठप्प, २०० यात्रु अलपत्र 
लुक्लामा चार दिनदेखि उडान ठप्प, २०० यात्रु अलपत्र 

सोलुखुम्बु । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र पानी पर्न थालेपछि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा चारदिनदेखि हवाई उडान ठप्प भएको छ ।  गत शुक्रबारदेखि नै सम्पुर्ण..

सगरमाथा चढ्न नसकेपछि भारतीय र अरबीले झुठ बोले
सगरमाथा चढ्न नसकेपछि भारतीय र अरबीले झुठ बोले

काठमाडौं । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ। पर्यटन विभागकी निर्देशक मीरा अचार्यका अनुसार काठमाडौंमा रहेक..