कतारमा ४६ नेपालीको विचल्ली, भिषा र तलब नपाएपछि एकजनाले आत्महत्या गरे


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
कतारमा ४६ नेपालीको विचल्ली, भिषा र तलब नपाएपछि एकजनाले आत्महत्या गरे

काठमाडौँ । पार्क, स्विमिङ पुल, मनोरञ्जन स्थल आदि निर्माण गर्ने कतारस्थित बहुराष्ट्र्रिय कम्पनी अक्वा मास्टर्समा कार्यरत ४६ नेपाली कामदार झन्डै एक वर्षदेखि तलब र भिसाविहीन भएका छन् ।

लामो समयसम्म आर्थिक र मानसिक तनाव बेहोर्नुपर्दा यो कम्पनीमा आठ वर्षदेखि कार्यरत काठमाडौं, अत्तरखेलका एक कामदारले आत्महत्या गरेका छन् भने अरू कामदार पनि ‘भगौडा’ हैसियतमा कतारका विभिन्न क्याम्पमा बसिरहेका छन् ।

यी कामदारका पक्षमा पहिलो चरणमा कतारको श्रम र लगत्तै उच्च अदालतले गत मंसिरमै फैसला सुनाए पनि कम्पनी मालिक बेपत्ता बनेपछि कामदारको बिजोग भएको हो ।

‘अदालती तहबाट कामदारले न्याय पाइसकेका छन् तर कम्पनी मालिक सम्पर्कमा आएका छैनन्,’ दोहास्थित श्रम काउन्सिलर शिवराम पोखरेलले भने, ‘सबै कामदारको तलब, भत्तासहित कम्पनीले तिर्नुपर्ने शुल्क धेरै देखिएको छ । यो अवधिमा कामदारहरू भिसा र कागजातविहीन भइसकेका छन् ।’

यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।







चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु
चट्याङले भेट्दा दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ..

नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल
नेपालीसहित ७ जनाको हत्यारालाई डेढ सय वर्ष जेल

काठमाडौं । साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ ।..

पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !
पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।..

टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार
टेलिभिजन बन्द गराउने केबल व्यापारीलाई 'ब्याकफायर', क्लिनफिडमा अर्बौंको बजार

काठमाडौं । सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति..