पार्टी एकतामा असन्तुष्टलाई पेल्ने तयारीमा ओली प्रचण्ड


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
पार्टी एकतामा असन्तुष्टलाई पेल्ने तयारीमा ओली प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् ।

तर, अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् । अध्यक्ष ओली र दाहालबीच यस विषयमा पटक–पटक छलफल भएको छ ।

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीका शीर्ष नेतृत्व तहमा एकता टुंगो लगाउने विषयमा घनीभूत छलफल भइरहेको बताए । तर, छलफल निष्कर्षमा पुग्न नसकेको बताउँदै उनले सबैलाई समेटेर योग्यता, क्षमता एवं वरिष्ठताका आधारमा जिम्मेवारी बाँडफाँट हुनुपर्ने बताए ।

‘एकता टुंगो लगाउन ढिला भएकै हो । तर, अब छिटट्ट नै टुंगो लाग्दै छ,’ साहले भने, ‘पार्टीका शीर्ष नेतृत्व आन्तरिक गृहकार्यमा जुटिसक्नुभएको छ । सबैलाई समेटेर जिम्मेवारी दिने विषयमा छलफल चलिरहेको छ ।’

३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । घोषणा सभालाई सम्बोधन गर्दै ओली, दाहाल, नेपालसहितका शीर्ष नेताले तीन महिनाभित्र एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, ११ महिना पुग्दा समेत अहिलेसम्म एकताको टुंगो लाग्न सकेको छैन् ।

यो समाचार राजधानी दैनिकमा छापिएको छ ।







‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...
मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका छन् । बुधबार बिहान सी..

नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..