चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम बढ्यो, कारण खोजिँदै


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम बढ्यो, कारण खोजिँदै

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि कारण पत्ता लगाउन अध्ययन अनुसन्धान शुरु गरिएको छ । 
एकसिङ्गे गैँडाको विश्वकै प्रमुख वासस्थान मानिने चितवन निकुञ्जमा गैँडा धमाधम मर्न थालेपछि विज्ञ टोलीको सहयोग लिएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गर्न थालेको हो ।

“चितवनमा के कारणले गैँडा मर्ने क्रम वढी भयो भनेर हामीले अध्ययन शुरु गरेका छौ”, विभागका प्रवक्ता विष्णु श्रेष्ठले भने, “विभागकै उपमहानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा विज्ञसहितको टोलीले गैँडा मर्नुका कारण र इकोलोजिष्ट हरिभद्र आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोलीले निकुञ्जमा गैँडाको पारवहन क्षमता र वासस्थानको अवस्थाबारेमा अध्ययन गरि रहेको छ ।” 

दुवै टोलीले प्रारम्भिक तहको अध्ययन गरी सकेको र विस्तृत अध्ययन गरेपछि यसका कारण सार्वजनिक गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।







गौतमबुद्ध विमानस्थलमा ठेक्का लगाईएभन्दा पाँचगुणा बढी खर्च हुँदै 
गौतमबुद्ध विमानस्थलमा ठेक्का लगाईएभन्दा पाँचगुणा बढी खर्च हुँदै 

भैरहवा  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन..

मदन खरेलले बायुसेवा निगम डुबाउँदै, घाटा देखाउँदै निजी कम्पनीलाई भाडामा जहाज दिने तयारी 
मदन खरेलले बायुसेवा निगम डुबाउँदै, घाटा देखाउँदै निजी कम्पनीलाई भाडामा जहाज दिने तयारी 

नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् ।  गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाज..

लुक्लामा चार दिनदेखि उडान ठप्प, २०० यात्रु अलपत्र 
लुक्लामा चार दिनदेखि उडान ठप्प, २०० यात्रु अलपत्र 

सोलुखुम्बु । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र पानी पर्न थालेपछि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा चारदिनदेखि हवाई उडान ठप्प भएको छ ।  गत शुक्रबारदेखि नै सम्पुर्ण..

सगरमाथा चढ्न नसकेपछि भारतीय र अरबीले झुठ बोले
सगरमाथा चढ्न नसकेपछि भारतीय र अरबीले झुठ बोले

काठमाडौं । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ। पर्यटन विभागकी निर्देशक मीरा अचार्यका अनुसार काठमाडौंमा रहेक..