भेरी–बबईको सुरुङको चर्चा गर्दै प्रधानमन्त्री, विद्यूत निकाल्ने योजनाको गुञ्जायस नै छैन


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
भेरी–बबईको सुरुङको चर्चा गर्दै प्रधानमन्त्री, विद्यूत निकाल्ने योजनाको गुञ्जायस नै छैन

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेरी–बबई नदी स्थानान्तरण बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण काम सकिएको घोषणा भव्य रुपमा गर्दैछन् ।

काठमाडौंबाट लावालस्करसहित सुर्खेत जाँदै गरेका ओलीले सम्झौता मितिभन्दा १ बर्षअघि नै सुरुङ निर्माण सम्पन्न भएको तथ्यलाई सरकारको सफलतासँग जोडेर जोडतोडले प्रचार पनि गरिरहेका छन् । तर, सुरुङ निर्माणमा अर्बौं रुपैयाँको टनेल बोरिङ मेसिन (टीबीएम) खरिद गरिएको र विदेशी प्रविधी र प्राविधीककै भरमा आयोजना अघि बढेको तथ्यलाई प्रधानमन्त्रीले ढाकछोप गर्दै समृद्धिको कुरा गरिरहेका छन् ।

सरकारले खासै काम गर्नु नपर्ने, काम गरिहेको र देश बदल्न निकै मेहनत गरेको कुरा दोहो¥याईरहने, बर्षाैंअघि थालेर बल्लतल्ल आयोजना सम्पन्न हुँदा सरकारले क्रान्ति नै गरेको जस्तो हल्ला गर्ने, तर निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची जस्ता आयोजनाहरुलाई कमीशनको चक्करमा अधुरै छाडिदिने प्रवृत्ति वर्तमान सरकारले दोहो¥याईरहेको छ । भेरी–बबई आयोजनामा पनि सरकारले यही रवैया अपनाएको छ । 


बरिष्ठ उर्जा एवं जलस्रोत पत्रकार विकास थापाले फेसबुकमा लेख्नुभएको स्टाटस ।

सरकारले दाबी गरेजस्तै भेरी–बबईको १२.२ किलोमिटर सुरुङ तोकिएको समयावधीभन्दा १ बर्षअघि नै निर्माण सम्पन्न भएको हो । वि सं २०७४ कात्तिक २० गतेदेखि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७६ चैत १५ गते सक्नेगरी नेपाल सरकारसँग सम्झौता गरी सुरुङ निर्माण थालेको थियो । सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालदेखि चिप्लेसम्म १२ दशमलव २ किलोमिटर सूरुङ तोकिएको समयावधीभन्दा झन्डै १ बर्षअघि नै खनिसकिएको छ ।

तर सुरुङ खनेर मात्रै यो आयोजना सम्पन्न हुँदैन, जबकी अहिलेसम्म भएको मोटामोटी काम नै यही हो । सुरुङमार्फत भेरीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनलाई सिँचाई उपलब्ध गराउने तथा भेरीगंगाको हात्तीखालमा पावर हाउस निर्माण गरेर ४६ दशमलव ८  मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने यो आयोजनाको मुख्य लक्ष्य हो । तर अहिलेसम्म न सिंचाईका पूर्वाधारहरु तयार गरिएको छ, न त विद्युत उत्पादनका लागि कुनै पूर्वतयारी नै छ । 

यति ठूलो परियोजनामा १२ किलोमिटर सुरुङ खन्दैमा भयानक हल्लाखल्ला गर्ने सरकारले २७ किलोमिटर सुरुङ खनिएको मेलम्ची खानेपानी आयोजना किन सम्पन्न गरिरहेको छैन भन्ने जवाफ चाहिँ दिन चाहेको छैन ।







‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...
मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका छन् । बुधबार बिहान सी..

नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..