सरकारी ललितानिवास बेच्ने भूमाफिया र मालपोत कर्मचारी फरार


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
सरकारी ललितानिवास बेच्ने भूमाफिया र मालपोत कर्मचारी फरार

काठमाडौं । बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् ।  

ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन् ।

सरकारले ५४ वर्षअघि मुआब्जा दिएर ललितानिवासको जग्गा अधिग्रहण गरेको थियो । राजनीतिक नेता, मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, मालपोतका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतोमा ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हडपिएको हो ।

ब्युरो उच्च स्रोतका अनुसार ललितानिवासको सरकारी जग्गा हडप्नेमध्ये मुख्य योजनाकार डा। शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवार नै फरार भएको छ । 

ललितानिवास हिनामिनाबारे छानबिन गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले ढकाल र सुवेदीलाई ‘भूमाफिया’ भनेर किटान गरेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।







सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ । त..

कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस विनिमयदर 
कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस विनिमयदर 

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ..

साताको तेस्रो दिन सेयर बजार केही सुधार
साताको तेस्रो दिन सेयर बजार केही सुधार

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनोे सुधार आएको छ । आज नेप्से ०.९६ अंकले वृद्धि भई १२६१.०७ अंकमा पुगेको हो । सेन्सेटिभ इ..

सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो
सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समित..