मन्त्रीपरिषद् बैठक : तीन सचिवको सरुवा


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
मन्त्रीपरिषद् बैठक : तीन सचिवको सरुवा

काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ३ जना सचिवको सरुवा गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् । स्वास्थ्यमा घिमिरेसहित पुष्पा चौधरी पनि सचिवको जिम्मेवारीमा भएपछि जिम्मेवारीमा विवाद रहँदै आएको थियो । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको ईच्छाअनुसार घिमिरे सरुवामा परेका हुन । 

यसैगरी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खटाइएको छ। मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै सचिव पद रिक्त रहेको थियो।

हालै सचिवमा बढुवा भएका डा. हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ।







विदेह नगरपालिका कार्यालयमा तोडफोड
विदेह नगरपालिका कार्यालयमा तोडफोड

धनुषा । विदेह नगरपालिकाका मेयर बेचन दासले जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई सरुवा गरेपछि विद्यालयका अभिभावक र विद्यार्थी आन्दोलित भएका छन । आन्दोलित..

तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता
तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता

सल्यान । कुपिण्डेतालमा पौडी खेल्ने क्रममा सोमबार बेलुकादेखि बनगाड कुपिण्डे नगरपालिका–८ का ३६ वर्षिय गोकुल बुढा मगर बेपत्ता भएका छन् । बुढा बेपत्ता भएको तीन दिन वितिसक..

विष्फोटमा संलग्न रहेको भन्दै कक्षा ९ मा पढ्ने बालक गिरफ्तार
विष्फोटमा संलग्न रहेको भन्दै कक्षा ९ मा पढ्ने बालक गिरफ्तार

सल्यान । सिलिन्डर विष्फोटमा संलग्न रहेको आशंकामा कक्षा ९ मा पढ्ने एक विद्यार्थी गिरफ्तारमा परेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्य..

पनौतीमा प्रहरीको ट्रक दुर्घटना
पनौतीमा प्रहरीको ट्रक दुर्घटना

काभ्रे । पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटनामा परेको छ । खड्गे भन्ने स्थानमा प्रहरीको ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा केही प..