१२ जना चढेको जीप दुर्घटना, १ जनाको मृत्यु


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
१२ जना चढेको जीप दुर्घटना, १ जनाको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका –१ मा १२ जना सवार जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । जीपमा सवार  ११ जना यात्रु घाइते भएका छन् ।

सोमबार राति कटारीबाट उदयपुरगढी गाउँपालिकाको मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा स्थानीय ४५ वर्षीय केशीमाया परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाईते २ जनालाई थप उपचारका लागि काठमाडौं र विराटनगर पठाईएको छ । सामान्य घाईतेहरुको कटारी स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..